Skip to main content

गण्डकी प्रदेश खेलकुद पदक विवादमा तीन सदस्यीय छानबिन समिति गठन

गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदक विवादपछि मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्रालय सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा बनेका यस समितिले पदक वितरण ऐन तथा सम्बन्धित कानूनसँग मेल खाने अथवा नआउने विषयमा अध्ययन गर्नेछ। पदक सिफारिस विवाद भएका कारण समितिले साउन २९ भित्र आफ्नो प्रतिवेदन बुझाउनेछ। २५ साउन, काठमाडौं।

गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकसँग सम्बन्धित विवादका कारण छानबिन समिति गठन गरिएको हो। गत असार ३० मा घोषणा भएको पदक विवादपछि प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले मन्त्रालय सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकी छन्। समितिमा मन्त्रालयका उपसचिव घनश्याम पौडेल र अधिकृत नारायणप्रसाद बास्तोला सदस्य रहेका छन्।

संयोजक पौडेलले भने, “मन्त्रालयको तर्फबाट मेरो संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। पदक वितरण ऐन र कानुनी प्रावधान अनुसार छानबिन गरी साउन २९ भित्र प्रतिवेदन बुझाउनेछौं।” गण्डकी प्रदेश खेलकुद परिषद्ले असार ३० मा पोखरा रंगशालामा विशेष समारोहमार्फत् ‘गण्डकी प्रदेश खेलकुद पदक’ बाट ६ खेलाडी, प्रशिक्षक र चार खेल संघलाई सम्मान गरेको थियो।

तर, चयन समितिका सदस्यलाई समेत पदक प्रदान गरेपछि विवाद उत्पन्न भएको थियो। खेलकुद पत्रकारितामा पदक प्राप्त केशव पाठक पदक सिफारिस समितिका सदस्य हुन्। उनी यसअघि परिषद्का सदस्य र कार्यवाहक सदस्यसचिव पनि हुनुहुन्छ। प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले भने, विधिपद्धतिमा नै पदक वितरण गरिएको बताएका छन्।