Skip to main content

सेयर बजारमा १०२ कम्पनीको शेयर मूल्यमा वृद्धी, १६५ कम्पनीको मूल्य घट्यो

बुधबार नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२ अंकमा पुगेको छ। बजारमा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ, ९ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम अघिल्लो दिनको ४ अर्ब ११ करोडबाट घटेर आज ३ अर्ब ५३ करोडमा सीमित भएको छ। २७ साउन, काठमाडौं।

बुधबार सेयर बजारमा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ। त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ। धेरैजसो कम्पनीको मूल्य घटे पनि समग्र बजार परिसूचक नेप्से धनात्मक रहेको छ। आज नेप्से ०.५५ अंकले वृद्धि भएको छ। अघिल्लो दिन ०.७९ अंकले बढेकोमा आज पनि थोरै वृद्धिपछि नेप्से २६४२ अंकमा कायम भएको छ। कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार हुँदा, आज ३ अर्ब ५३ करोडको मात्र कारोबार भएको छ।

लगानी समूह आज सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ। बैंकिङ समूह ०.०५, फाइनान्स ०.२४ र होटल तथा पर्यटन समूह ०.८५ प्रतिशतले बढेको छ। विकास बैंक ०.२२, जलविद्युत् ०.४०, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.७०, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० र व्यापार ०.२१ प्रतिशतले घटेका छन्। समूहगत रूपमा हेर्दा, हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ।

आजबाटै कारोबारमा आएको माउन्ट एभरेस्ट पावर कम्पनीको मूल्य १५ प्रतिशतले बढेको छ। सो वृद्धिपछि यसको प्रतिकित्ता मूल्य ३४५ रुपैयाँ पुगेको छ। त्यस्तै इमर्जिङ नेपालको ५.४८, एचआईडीसीएलको ४.९५ र एनआरएन इन्फ्रास्ट्रक्चरको ३.८५ प्रतिशतले मूल्य बढेको छ। अपर लोहोरेखो कम्पनीको मूल्य भने १५ प्रतिशतले घटेको छ। महिला लघुवित्तको ५.१८ र कर्पोरेट डेभलपमेन्ट बैंकको ४.७४ प्रतिशतले मूल्य घटेको छ। आज रकमका आधारमा उच्च कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्ट्रल फाइनान्स, सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ङादी ग्रुप रहेका छन्।