Skip to main content

जाजरकोट पहिरोमा मृत्यु: ‘पहिले भूकम्पले पिडा दियो, अहिले पहिरोले’

‘पहिले भूकम्पले पिडा दियो, अहिले पहिरोले’
जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा पहिरोले चार जनाको ज्यान लिएको छ। घरहरू पहिरोले पुरिँदा थप छ जना घाइते भएका छन्।
पहिरोको जोखिममा रहेका करिब २०० जना गाउँलेहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। जोखिममा रहेका ६० भन्दा बढी परिवारलाई गाउँकै त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थायी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
त्यसरी विस्थापित गरिएका स्थानीयहरूले सरकारसँग छिटोभन्दा छिटो बसोबासको व्यवस्थापन गर्न माग गरेका छन्।