Skip to main content

दावा तामाङ युटीएमबी वर्ल्ड सिरिजमा प्रतिस्पर्धा गर्दै

नेपाली अल्ट्रा-ट्रेल धावक दावा तामाङले फ्रान्समा आयोजना हुने युटीएमबी वर्ल्ड सिरिज फाइनलमा १ सय किलोमिटर दौडमा प्रतिस्पर्धा गर्ने भएका छन्। दावा मंगलबार फ्रान्स प्रस्थान गरेका छन् र आगामी अगष्ट २८ मा हुने यो दौडमा आफ्नो उत्कृष्ट समय सुधार्ने लक्ष्य राखेका छन्।

गत वर्ष अस्ट्रेलियामा सम्पन्न कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्कोमा उनले १ सय किलोमिटर दूरी १४ घण्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरी फाइनलमा स्थान बनाएका हुन्। एक्सटेप नेपालका निर्देशक गणेशमान श्रेष्ठले जावलाखेलस्थित एक्सटेपको आउटलेटबाट दावालाई मंगलबार बिदाइ गरेका छन्।

युटीएमबी वर्ल्ड सिरिजमा विश्वका उत्कृष्ट अल्ट्रा-ट्रेल धावकहरू प्रतिस्पर्धा गर्छन्। यस वर्षको युटीएमबी वर्ल्ड सिरिज फाइनल अगष्ट २४ देखि ३० सम्म हुने छ र यो प्रतियोगिता युरोपका फ्रान्स, इटाली र स्विट्जरल्यान्ड तीन राष्ट्रमा आयोजना हुनेछ। दावाले प्रतिस्पर्धा गर्ने १०० किलोमिटरको दौड इटालीबाट सुरु भएर फ्रान्समा समाप्त हुनेछ।