Skip to main content

महिनावारी शिक्षा : ‘विद्यालयमा शौचालय नजिकै प्याड बक्स भए सजिलो हुन्थ्यो’

‘विद्यालयमा शौचालय नजिकै प्याड बक्स भए सजिलो हुन्थ्यो’ विद्यालयको पाठ्यक्रममा महिनावारीको विषय कक्षा चारदेखि नै समावेश गरिएको छ। तर के बालिकाहरूले महिनावारी स्वास्थ्यबारे पाएको शिक्षा पर्याप्त छ? के उनीहरूले आवश्यक समयमा आवश्यक जानकारी पाएका छन्? महिनावारीका बेला विद्यालयबाट बाहिरिनुपर्ने अवस्थाका कारण के के परिवर्तनहरू आएका छन्? ‘वाटर एड’ले सन् २००९ मा काठमाडौँसहित चार जिल्लामा गरेको अनुसन्धानले ५३ प्रतिशत विद्यार्थीहरूले महिनावारीको समयमा विद्यालय छोड्ने गरेको देखाएको थियो। तीमध्ये धेरैजसोले महिनावारीका बेला सरसफाइका लागि आवश्यक गोपनीयता र प्रशस्त पानीको अभाव रहेको बताएका थिए। सन् २०२६ सम्म आइपुग्दा पनि हामीले भेटेका केही सामुदायिक विद्यालयहरूको अवस्था त्यतिबेरभन्दा धेरै फरक छैन। बालिकाहरूका लागि आवश्यक शौचालयमा पूर्वधारहरू अझै राम्ररी नबनेको एक सामुदायिक विद्यालयकी नर्स सविता रेग्मीले जनाउँछिन्। विद्यार्थीहरूले महिनावारी स्वास्थ्यसँग सम्बन्धित चुनौतीहरू भोगिरहेका छन् र काठमाडौँ महानगरपालिकाले त्यस्ता अवस्थाहरू सुधार्न के के कदम चालिरहेको छ?