Skip to main content

भुर्तेलको उत्कृष्ट प्रदर्शनले नेपाललाई लगातार दोस्रो जित दिलायो

कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले टप एन्ड टी–२० सिरिजमा एसीटी कोमेट्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्‍यो। एसीटीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो, नेपालले ४ बल बाँकी छँदा ५ विकेटमा लक्ष्य पूरा गर्‍यो। कुशल भुर्तेलले ६१ रन बनाएर ३ विकेट लिए, पबन सर्ताफ अविजित २९ रन बनाउँदै रहे, र नेपालले भोलि बिहान किङ्समेनसँग खेल्नेछ। १० भदौ, काठमाडौं।

कुशल भुर्तेलको समग्र प्रदर्शनबाट प्रेरित भई अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। बुधबारको खेलमा नेपालले एसीटी कोमेट्सलाई ४ विकेटले हराएको हो। एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा पाँच विकेट गुमाएर पूरा गर्‍यो। कप्तान कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए। पबन सर्ताफ २९ रनमा अविजित रहे भने मयन यादवले २१ रन बनाएका थिए।

एसीटीका ज्याक कहले ३ विकेट लिए भने जीत मेहताले दुई विकेट हात पार्न सफल भए। पहिले टस हारेर ब्याटिङ गरेको एसीटीले २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो। एसीटीका डायलान हन्टरले ४४ रन बनाए भने अंश तिवारी र निक ब्रोएसले समान १९-१९ रन गरे। नेपालका कुशल भुर्तेलले २ ओवरमा ९ रन खर्चेर ३ विकेट लिए भने युवराज खत्रीले २ विकेट लिए। सुरुवाती दुई खेल हारिसकेपछि नेपालले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई पराजित गरेको थियो। अब नेपालले भोलि बिहान किङ्समेनसँग खेल्ने तयारी गरिरहेको छ।