
तिब्बततर्फ भएको विनाशका भिडियो चीन सरकारको नियन्त्रित सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन्। उद्धारकर्ताहरू हिलो र चट्टानी भूभागमा “कोही छ?” भन्दै खोजी गरिरहेका छन्। उनीहरू पहाडी भूभागमा पैदल यात्रा गर्दै बाढीले बढेका नदीहरू पार गरी शुक्रबार दिउँसो प्रभावित क्षेत्र गाइरङ पोर्ट पुगेका थिए।
“त्यहाँ विनाश देखियो,” ल्हासाका अग्नि तथा उद्धार टोलीका सदस्य झाउ मिङ्ग्कीले चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीलाई भने। “पुरानो सीमाना क्षेत्रमा रहेको गेट दलदल र माटोले ढाकिएको थियो। त्यहाँ हिँड्दा खुट्टा डुब्थ्यो।” नेपालमा रसुवागढी नाकामा रहेको केरुङ (चीनमा गिरोङ पोर्ट) नेपाल र तिब्बत सँग जोड्ने मुख्य चेकपोइन्ट हो जुन पर्यटक र स्थानीयहरूका लागि महत्वपूर्ण स्थान हो।
भूउपग्रहबाट प्राप्त तस्वीरहरूले त्यो क्षेत्र पूर्णरूपमा ध्वस्त भएको देखाउँछन्। तिब्बततर्फ कम्तिमा ५५४ जना बेपत्ता भएका छन् र ७ जनाको मृत्यु आधिकारिक रूपमा पुष्टि भएको छ।






