
१४ भदौ, गीतकार संघ नेपालले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीपहिरो पीडितको राहत तथा सहयोगका लागि आर्थिक सहयोग गरेको छ। संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो। बाढीपहिरोबाट भएको जनधनको क्षति र मानवीय पीडाको यस कठिन समयमा आफ्नो सानो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वासका साथ सहयोग गरिएको संघले जनाएको छ। त्यसैगरी संघले विपद्मा रहेका नेपालीप्रति ऐक्यबद्धता प्रकट गर्दै विषम परिस्थितिमा संयमित रहन तथा देश र जनताको हितमा समर्पित हुन गीतकार सदस्यलगायत सम्पूर्णमा आह्वान गरेको छ।






