
कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा बहराइनलाई ८७ रनमा अलआउट गरेको छ। सन्दीपले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए भने ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए। बहराइनका फियाज अहमदले सर्वाधिक १५ रन बनाए, मुहम्मद वासिमले १३ र अली दाउदले १० रन जोडे। १५ भदौ, काठमाडौं।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो। सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए। ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए। बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए।
१४औं ओभरमा सुरुवाती बलिङ थालेका सन्दीपले पहिलो बलमै विकेट लिएका थिए भने चौथो बलमा अर्को विकेट लिए। त्यसपछि उनले आफ्नो पाँचौं ओभरमा १ विकेट लिए भने सातौं ओभरमा र आठौं ओभरमा १-१ विकेटलिँदै ५ विकेट पूरा गरे।






