Skip to main content

चीनको केरुङमा मृतक र बेपत्ता व्यक्तिको सम्झनामा विशेष शोक सभा आयोजना

चीनको सिजियाङ स्वायत्त क्षेत्रको केरुङमा गएको पहिरोमा ज्यान गुमाउने र बेपत्ता भएकाहरूको स्मृतिमा मंगलबार बिहान विशेष शोक सभा आयोजना गरिएको छ। भदौ १० गते आएको लेदो सहितको पहिरोले केरुङ क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, स्थानीय अधिकारीहरू र सर्वसाधारणको उपस्थितिमा आयोजना गरिएको उक्त स्मृति सभामा विपद्मा ज्यान गुमाउनेहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरिएको थियो। केरुङ नाका र वरपरको प्रभावित क्षेत्रमा हाल बेपत्ता नागरिकहरूको खोजी, उद्धार तथा राहत वितरणको कार्य जारी रहेको छ।

एकातिर खोजी र राहतको काम जारी रहेको छ भने अर्कोतिर विपद्मा परेकाहरूको सम्झनामा स्थानीय तहमा यसरी विशेष शोक सभा आयोजना गरिएको हो।