
विपद् कारण अत्यावश्यक सामग्री ढुवानीमा कठिनाइ भएपछि नेपाल चेम्बर अफ कमर्सले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको छ। पृथ्वी राजमार्गसहित अन्य महत्वपूर्ण सडक सञ्जाल बन्द हुँदा उद्योगी व्यवसायीहरूलाई ढुवानी र आपूर्तिमा बाधा पुगेको चेम्बरले जनाएको छ। सहजीकरण डेस्कद्वारा सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यवसायी र ढुवानी व्यवसायीसँग समन्वय गरिनेछ। १७ भदौ, काठमाडौं।
विपद्बाट उत्पन्न विषम अवस्था कारण अत्यावश्यक सामग्रीको ढुवानी र आपूर्ति कार्यमा उद्यमी व्यवसायीले भोगिरहेको कठिनतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ। चेम्बरले जमलस्थित सचिवालयमा यो सहजीकरण डेस्क स्थापना गरेको हो। पृथ्वी राजमार्ग लगायत देशका केही प्रमुख सडकहरू अवरुद्ध भएर उद्योगी व्यवसायीलाई ढुवानी र आपूर्तिमा समस्या देखिएकाले यस्तो डेस्क सञ्चालन गरिएको हो। यस डेस्कमार्फत सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान र ढुवानी व्यवसायीसँग सहकार्य गरी राहत सामग्रीको ढुवानीमा देखिने सम्भावित समस्याहरू समाधान गरिनेछ। साथै, अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सकेसम्म सहज आवागमनको लागि आवश्यक सहयोग प्रदान गरिने चेम्बरले जनाएको छ।






