Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भोटेकोशी-त्रिशूली बाढी: नवौँ दिन पनि उद्धार र खोजी कार्य जारी

Advertisement800×200-1

भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढीको नवौँ दिनमा बुधबार साँझसम्म ११,९९३ जनाको उद्धार गरिएको सरकारी निकायहरूले जानकारी दिएका छन्। हिजो बेलुकाको तथ्याङ्कअनुसार ४,२१६ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनको खोजी प्राथमिकताका साथ जारी रहेको अधिकारीहरूले बताएका छन्।

रासससँग राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २१,३१४ सुरक्षाकर्मी परिचालन गरिएको बताएकी छन्। नेपाल प्रहरीका ७,९१२, सशस्त्र प्रहरी बल नेपालका ४,२०३ र नेपाली सेनाका ९,१९९ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्।

सुरक्षाकर्मीले नदी किनार, बाढीबाट प्रभावित बस्ती, सडक तथा पहिरो गएको क्षेत्रमा खोजी गरिरहेका छन्। प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन्। भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन छन्।

जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङ्टाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारन्टीन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ। सेनाले हालसम्म ४,०९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको बताइएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर