
एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको मलेसियालाई ३२.३ ओभरमा १०३ रनमै समेट्यो। नेपालका करण केसीले ७.३ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए। मलेसियाका कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन जोड्न सफल भए। १८ भदौ, काठमाडौं।
एसीसी प्रिमियर कपअन्तर्गत मलेसियामा जारी दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई १०३ रनमै सिमित बनाइ उत्कृष्ट प्रदर्शन गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा अलआउट भयो। कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन जोड्न सफल भए। विरानदीप सिंहले १४ रन बनाए भने मुहम्मद स्याहदात राम्लीले १३ रनको योगदान दिए। अरु ब्याट्सम्यानहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका करण केसीले ७.३ ओभर बलिङ गर्दै २३ रन खर्चेर ४ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए भने हेमन्त धामी, सन्दिप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान रूपमा १-१ विकेट लिए। नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई हराएको थियो।





