
कृष्णभिरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यका भित्र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ५ रुपैयाँ ३८ पैसा बढाइएको छ। उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा हुनेछ। उद्योगीहरूले तराईमा रिफिल गरेर वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने भएकाले ढुवानी लागत बढेको र उपभोक्ताले भार केही भोग्नुपर्ने बताएका छन्। १८ भदौ, काठमाडौं।
कृष्णभिरमा भएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो हुनुका कारण नेपाल आयल निगमको सहमतिमा उद्योगीहरूले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन्। नेपाल आयल निगमले एलकड्रिक्स प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोके पनि उद्योगीहरूले ढुवानी भाडा भन्दै मूल्य प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन्। १८ भदौमा सम्पन्न वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य वृद्धि गरिएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ।
उद्योग संघको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा हुनेछ। कृष्णभिरको पहिरोले वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा लागत वृद्धि भएकाले उपभोक्ताले केही बोझ बेहोर्नुपर्ने भएपछि यस्तो निर्णय गरिएको संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बताए। ‘पहिला बुलेटले ग्यास ढुवानी गर्थ्यो, एक बुलेटमा १२ सय ५० सिलिन्डर आउँथ्यो, तर तराईमा बोटलिङ गरी अर्को माध्यमबाट ढुवानी गर्दा महँगो पर्यो,’ उनले भने, ‘ढुवानी भाडा १ सय ८० रुपैयाँ प्रतिसिलिन्डर परेकोमा त्यसमा उपभोक्ताले १ सय ५ रुपैयाँ थप भुक्तानी गर्नु पर्ने हुन्छ।’
आयल निगमसँगको सहमति अनुसार ग्यास मूल्य बढाइएको उद्योगीले दाबी गरेका छन्। काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रमा रहेका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएका कारण ढुवानी भाडा बढाइएको संघले जनाएको छ। ग्यासको खरिद दर बढेको नभई ढुवानी लागत वृद्धि भएका कारण उपभोक्ता मूल्य बढेको नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले बताएका छन्। ‘आयल निगमले हामीलाई काठमाडौंसम्मको भाडा नदिई तराईसम्मको मात्र भाडा दिएको छ,’ सञ्चालक भण्डारीले भने, ‘५० किलोमिटरभन्दा बढी दुरीमा ग्यास ढुवानी गर्दा लाग्ने अतिरिक्त भाडा लिन पाउने व्यवस्था निगमसँगको सहमति र प्रावधान अनुसार हामीले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ वृद्धि गरेका हौं।’
उनका अनुसार उद्योगीको वास्तविक खर्च २ सय रुपैयाँभन्दा बढी छ, तर निगमको प्रावधान अनुसार १ सय ५ रुपैयाँभन्दा बढी भाडा लिन मिल्दैन। ‘त्यसैले घाटा बेहोरे पनि हामीले ग्यास ल्याउनुपर्छ,’ उनले थपे। ग्यासको मूल्यबृद्धिमा आयल निगमको स्पष्टीकरण नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले खाना पकाउने एलपी ग्यासको मूल्य उद्योगबाट ५० किलोमिटर दूरीसम्मका लागि मात्र तोकिएको बताउनुभयो। ठाकुरका अनुसार ५० किलोमिटरभन्दा माथिको दूरीमा ग्यास ढुवानी गर्दा उद्योगीहरू स्वयं ढुवानी भाडा जोड्न पाउँछन्। ‘निगमले तोक्ने मूल्य उद्योगदेखि ५० किलोमिटर दूरीसम्मको मात्र हो, त्यसअगाडि भने उद्योगीहरूले आफ्नै रूपमा ढुवानी भाडा जोड्न पाउँछन्,’ ठाकुरले भन्नुभयो। ग्यास उद्योगीले निगमको सहमति बिना आफूले ढुवानी भाडा बढाएको भन्ने प्रश्नमा ठाकुरले यो कुनै नयाँ व्यवस्था नभई पुरानो नियम रहेको बताए। ‘यो नयाँ कुरा होइन, यो नियम विगतदेखि लागु हुँदै आएको हो,’ ठाकुरले भने, ‘जसरी विराटनगरको उद्योगले ५० किलोमिटरभन्दा बढी दूरीमा ग्यास पठाउँछन्, त्यो ढुवानी भाडा आफ्नो जिम्मेवारीमा जोड्छन्।






