Skip to main content

फुटबलर भरत खवासलाई मेजर पदमा बढुवा गरियो

१९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवासलाई नेपाली सेनाले मेजर पदमा बढुवा गरेको छ। त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेलेका खवास पहिले क्याप्टेनको भूमिकामा थिए। पछिल्लो समय उनी बाढीपीडितको उद्धार तथा राहत कार्यक्रममा सक्रिय रूपमा संलग्न छन्। उद्धार अभियानकै क्रममा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा उनलाई मेजरको पद चिन्ह प्रदान गरिएको हो। तस्वीर : शंकर गिरी