
२० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको माउन्ट कलाङ्गमा छिट्टै आक्रमण गरिने संकेत दिएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले अमेरिकाले इरानस्थित ‘पिक्याक्स माउन्टेन’ मा छिट्टै आक्रमण गर्न सक्ने बताउनुभयो। इरानको नताञ्ज परमाणु केन्द्र नजिक रहेको उक्त क्षेत्र अत्यधिक सुरक्षित मानिन्छ र त्यहाँ जमिनतलमा गहिरा दुईवटा सुरुङहरू रहेको जानकारी प्राप्त छ।
ट्रम्पले इरानसँगको अमेरिकी संघर्षलाई ठूलो युद्ध भन्न नहुने बताउनु भयो। ‘धेरै मानिस यसलाई युद्ध भन्दैनन्। म यसलाई सैन्य संघर्ष भन्छु,’ उहाँले भन्नुभयो, ‘किनभने यो हाम्रो लागि निकै सामान्य कुरा हो। यो कुनै ठूलो विषय होइन।’ ट्रम्पले भेनेजुएलामा अमेरिकी कारबाहीको उदाहरण दिँदै त्यहाँ अमेरिकापक्षबाट कुनै हताहती नभएको र इरानसँगको संघर्षमा १८ जना अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गर्नुभयो। उहाँले भियतनाम युद्धमा अमेरिकाले एक लाख प्रर्द मानिसको ज्यान गुमाएको स्मरण गर्दै हालको संघर्ष त्यसको तुलनामा धेरै सानो रहेको दाबी गर्नुभयो। यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेंसले पनि इरानमा महिनौंदेखि चलिरहेकाको अमेरिकी सैन्य कारबाहीलाई ‘युद्ध’ भन्नु उपयुक्त नहुने बताइसक्नु भएको छ।






