Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शन गरेको दाबी

Advertisement800×200-1

उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ। दक्षिण कोरियाली सेनाले शनिबार वोनसन क्षेत्रबाट प्रक्षेपित छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र पूर्वी समुद्रतर्फ करिब २५० किलोमिटर उडेको बताएको छ। अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले अभ्यास गरेको हो, र विज्ञहरूले परीक्षण तीव्र भएको बताएका छन्। २९ भदौ, सियोल (रासस/एपी)।

उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ। दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका बाबजुद पनि उत्तर कोरियाले सैन्य परीक्षण तीव्र पारेको विज्ञहरूले बताएका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार शनिबारको अभ्यास एकीकृत हतियार नियन्त्रण प्रणालीको क्षमता परीक्षणमा केन्द्रित थियो।

दक्षिण कोरियाली सेनाले सोही दिन वोनसन क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको र त्यो पूर्वी समुद्रतर्फ करिब २५० किलोमिटर उडेको बताएको छ। अभ्यासको निरीक्षणपछि उत्तर कोरियाली मार्शल पक चोङ चुनले एकीकृत हतियार प्रणालीले ठूलो स्तरमा एकीकृत रूपमा प्रहार गर्न सक्ने क्षमता देखाएको बताएका छन्। उत्तर कोरियाले गरेका हतियार परीक्षणसम्बन्धी दाबी भने स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन हुने गरिएको छ।

अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले उक्त अभ्यास गरेको हो। गत अगस्टमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्बन्ध सुधार गर्ने प्रयास स्वरूप दक्षिण कोरियासँगको प्रमुख सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउन निर्देशन दिएका थिए। उत्तर कोरियाले अभ्यासको अवधि घटाए तापनि त्यसको ‘उत्तेजक र आक्रमक प्रकृति’ नबदलिने भन्दै प्रस्ताव अस्वीकार गरेको थियो।

विज्ञहरूका अनुसार आणविक हतियार भण्डार बढ्दै जानु तथा रूस र चीनसँग सम्बन्ध गहिरिनुले किमलाई अमेरिकासँग सम्भावित वार्तामा विगतको तुलनामा बलियो बनाएको छ। किमले यस वर्ष अमेरिकाले उत्तर कोरियाप्रतिको ‘शत्रुतापूर्ण नीति’ त्यागे आफ्नो देशको आणविक राष्ट्रको हैसियत सम्मान गरेको खण्डमा वार्तामा फर्कन सकिने बताएका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर