Skip to main content

एन्फाको धर्ना कार्यक्रम स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बिहान ११ बजे राखेपमा आयोजना गर्ने भनिएको ज्ञापनपत्र बुझाउने, धर्ना र पत्रकार सम्मेलन कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। एन्फाले सोमबार सूचना जारी गर्दै विशेष कारणवश कार्यक्रम स्थगित गरिएको जनाएको हो।

फिफाले गत असार १० गते तेस्रो पक्षको हस्तक्षेप भन्दै एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल प्रभावित बनेको छ। एन्फाले निलम्बन फुकुवाका लागि सरकारको ध्यानाकर्षण गराउन कर्मचारी, रेफ्री, प्रशिक्षकसहितको टोलीले राखेपमा ज्ञापनपत्र बुझाउने, एक घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले एन्फालाई निलम्बन गरेको थियो।