नेतन्याहूको दावी: इरानको शासन ढाल्नेछौं, हमास र हिजबुल्लाहलाई अन्त्य गर्नेछौं

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले इरानको शासनलाई ढाल्ने प्रतिज्ञा गरेका छन्। उनले इरानका प्रोक्सी समूहहरू हमास र हिजबुल्लाहविरुद्ध पनि कडा कारबाही गरेर तिनीहरूलाई समाप्त पार्ने दाबी गरेका छन्। बिहीबार इजरायलको राष्ट्रपति निवासमा सन् २०२५ का उत्कृष्ट आन्तरिक सुरक्षा निकायका कर्मचारीहरूलाई सम्मान गर्ने समारोहमा नेतन्याहूले यस्तै बताएका हुन्।
‘गाजा पट्टीमा हामी यस्तो अवस्था देखिरहेका छौं, जसले मलाई लाग्छ सबैलाई चकित तुल्याएको छ। अक्टोबर ७ मा हाम्रा नागरिकहरू, छोरीहरू, पत्नीहरू र बालबालिकाको हत्या गर्ने यी आतंककारीहरूबाट हामी हिसाब चुकाइरहेका छौं,’ नेतन्याहूले भने, ‘बाँकी रहेका आतंककारीहरूसँग पनि हामी हिसाब मिलाउँदै छौं। धेरैजना बाँकी छैनन् किनभने हामी उनीहरूमाथि कारबाही गरिरहेका छौं।’
नेतन्याहूले इरान र उसका सहयोगी समूहहरूले इजरायल राज्यलाई नष्ट गर्ने रुचि नभएर, केवल कमजोर मात्र भएको बताएका छन्। ‘हामी हमासलाई समाप्त पार्नेछौं र सबैभन्दा पहिले इरानको शासनलाई पराजित गर्नेछौं। हामी त्यसलाई ढाल्नेछौं। त्यो पतन हुने छ। हामी हिजबुल्लाहविरुद्ध पनि कारबाही गर्नेछौं र त्यो पनि पतन हुनेछ,’ नेतन्याहूले जोड दिए।






