
टिस्टा नदीमा बगेको हात्तीको छावालाई माझीहरूले जोगाएका छन्। भारतको पश्चिम बंगालमा माझीहरूको समूहले टिस्टा नदीमा डूब्न लागेको हात्तीको छावालाई बचाएका छन्। आफ्नो बथान तर्फ नदी पार गर्दै गर्दा तीव्र बहावका कारण उक्त हात्तीको बच्चा बगेको थियो।
टिस्टा नदीको किनारमा बस्ने माझीहरूले छावासम्म पुग्न लगभग चार किलोमिटर डुङ्गा चलाउनु परेको बताएका छन्। उनले त्यसपछि उक्त छावालाई वन अधिकारीहरूका जिम्मामा लगाइदिएका छन्।






