

फ्रान्समा महँगो जीवनशैली र विद्यालयको अवस्था विरोधमा प्रदर्शन, करिब एक हजार पक्राउ


फ्रान्समा महँगो जीवनशैली र विद्यालयहरूको बिग्रँदो अवस्थाको विरोधमा शनिबार पुनः विशाल प्रदर्शन भएको छ। अधिकारीहरूको विवरण अनुसार, उक्त प्रदर्शनमा करिब ४ लाख १० हजारदेखि ८ लाखसम्म मानिसहरू सहभागी थिए। प्रदर्शनका समयमा करिब एक हजार जनालाई पक्राउ गरिएको छ भने शान्ति सुरक्षा कायम राख्न ७० हजार प्रहरी परिचालन गरिएको थियो।
गत हप्ताको जस्तो व्यापक हिंसा र लुटपाट रोकिएको छ, र तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न सयौँ व्यक्तिहरू जेल चलान भएका छन्। शनिबार राति केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो। यद्यपि सुरक्षा निकायले गत हप्ताको अन्त्यमा भएको जस्तो ठूलो हिंसा रोक्न सफल भएका छन्।
फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार करिब ४ लाख १० हजार मानिस सडकमा उत्रिएका थिए। तर ट्रेड युनियनहरूले भने प्रदर्शनकारीको संख्या करिब ८ लाख रहेको दाबी गरेका छन्। प्रदर्शनकालागि शान्ति सुरक्षा कायम राख्न करिब ७० हजार प्रहरी परिचालन पनि गरिएको थियो।
महँगो जीवनशैली र विद्यालय अवस्थाको विरुद्ध भइरहेका प्रदर्शनलाई हिंसात्मक बन्नबाट रोक्न धेरै सहरहरूमा कडा प्रतिबन्धहरू लगाइएका थिए। यसै साता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गर्ने प्रदर्शनलाई मात्र अनुमति दिने आदेश जारी गरेका थिए।

सम्बन्धित खबर









