Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

वैदेशिक रोजगारीमा ठगीका मुद्दामा सरकारको सक्रियता, पक्राउपुर्जी जारी भएकालाई ३५ दिनको अल्टिमेटम

Advertisement800×200-1

वैदेशिक रोजगारीसम्बन्धी ठगीका विषयमा पक्राउपुर्जी जारी भएका व्यक्तिहरूले तोकिएको समयभित्र सम्पर्कमा नआएमा बैंक खाता र यात्रा अनुमति रोक्का गर्ने चेतावनी सरकारी निकायले दिएको छ। वैदेशिक रोजगार विभागका अनुसार ‘ठगी नियन्त्रण बृहत् अभियान’को अङ्गका रूपमा उक्त कारबाही अघि बढाइएको छ।

विभागले यो साता एउटा सूचना जारी गर्दै भनेको छ, “वैदेशिक रोजगार न्यायाधिकरणको अनुमति लिएर विभिन्न मितिमा पक्राउपुर्जी जारी गरिएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा प्रहरीको सम्पर्कमा आउन।” विभागका महानिर्देशक नवराज ढकालले बीबीसी न्यूज नेपालीसँग भने, “पहिलेदेखि नै ठूलो सङ्ख्यामा रहेका मुद्दाहरूलाई टुङ्गो लगाउन सकियोस् भनेर पनि ‘ठगी नियन्त्रण बृहत् अभियान’कै एउटा हिस्साका रूपमा यो काम भइरहेको हो।”

विभागमा २८,००० वटाभन्दा बढी उजुरीको चाङ रहेको बताइन्छ। तर त्यसमा वर्षौँ अघिदेखिका उजुरीहरू पनि रहेका र छिनोफानोका आधारमा क्रमश: थपघट पनि भइरहने अधिकारीहरूले बताएका छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक ढकालका अनुसार, “पक्राउ गर्न पुर्जी जारी भएका व्यक्तिहरूको स्पष्ट सङ्ख्या भने अझै उपलब्ध छैन।” उनले थपे, “पक्राउपुर्जी जारी भएका व्यक्तिहरू सम्पर्कमा आउने पनि भइरहेको छ, तर यो निरन्तरको प्रक्रिया भएकाले सूचनाकै आधारमा आएका हुन् भनेर चाहिँ अहिल्यै भन्न सकिँदैन।”

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार, सूचनाका आधारमा हालसम्म प्रहरीको सम्पर्कमा कोही पनि आएका छैनन्। विभागका महानिर्देशक ढकालले भने, “कानुनले दिएको अधिकार प्रयोग गरी पीडितलाई न्याय दिलाउनु राज्यको कर्तव्य हो।” यसैबीच, मन्त्रालयका प्रवक्ता मीरा आचार्यले ठगीमा संलग्न भएको आरोप लागेका व्यक्तिहरूको प्रहरी रिपोर्ट ‘क्लीन’ आउने गरेकोले समस्या भइरहेको बताइन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर