Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

स्पेनको टोलेडोमा दुई रेल ठोक्किँदा ३९ जनाको मृत्यु

Advertisement800×200-1

स्पेनको टोलेडोमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले जनाएको छ। दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि उक्त संख्या स्वतन्त्र पुष्टि भने भएको छैन। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै आफू स्तब्ध भएको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री सान्चेजले दुर्घटनाबारे आफू यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर