भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित स्थानका विद्यालयहरूमा पुनः पठनपाठन सञ्चालनमा आएको छ। तर, बाढीले बाटो र पुल बगाएको कारण टाढाबाट आउने विद्यार्थीहरू समस्यामा परेका छन्। केही विद्यार्थीहरूलाई अस्थायी शिविरबाट विद्यालय धाउन कठिनाइ भएको देखिन्छ।
यस समस्यालाई समाधान गर्न सरकारले के योजना बनाएको छ? यस विषयमा ‘बीबीसी हातेमालो’का लागि मनिका विश्वकर्माले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीसँग कुराकानी गरेकी छन्।