गत भदौ महिनामा आएको भोटेकोशी-त्रिशूली बाढीका कारण प्रभावित विद्यालयहरूमा बिस्तारै पठनपाठन सञ्चालन हुन थालेको छ। शिक्षा मन्त्रालयले पाँच वर्षभन्दा मुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक मानिएको प्रारम्भिक सिकाइ कार्यक्रमलाई पुनः निरन्तरता दिन खोजिरहेको जनाएको छ।
प्रभावित क्षेत्रका बालबालिकालाई स्थानीय तहसँगको समन्वयमा उनीहरू बसोबास गरिरहेको ठाउँनजिकै रहेका विद्यालयबाट प्रारम्भिक सिकाइ र शिक्षा प्रदान भइरहेको मन्त्रालयको भनाइ छ। यस विषयमा ‘बीबीसी हातेमालो’का लागि प्रतीक्षा खनालले मन्त्रालयका योजना तथा बजेट शाखाका सहसचिव शङ्कर अधिकारीसँग कुराकानी गरेकी छन्।