

रुसी विदेशमन्त्री लाभरोभ जी-२० बैठकमा सहभागी हुन एटलान्टामा


रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन्। बैठकमा विश्वव्यापी अर्थतन्त्र, भू–राजनीतिक तनाव, सुरक्षा चुनौती, आपूर्ति शृङ्खला अवरोध र ऊर्जा तथा खाद्य सुरक्षाबारे छलफल हुनेछ। भारतका विदेशमन्त्री एस जयशङ्कर पनि बैठकमा सहभागी भई क्वाड विदेशमन्त्रीस्तरीय बैठक र द्विपक्षीय छलफलमा भाग लिनेछन्। १३ कात्तिक, एटलान्टा (रासस/एएनआई)।
लाभरोभले अक्टोबर ३० र ३१ मा हुने बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, युरोपेली सङ्घ (इयु) की विदेश नीति प्रमुख काजा कालास र चीनलगायत देशका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुनेछ। बैठकमा आपूर्ति शृङ्खलाको अवरोध, समुद्री आवागमनको स्वतन्त्रता तथा ऊर्जा र खाद्य सुरक्षाका विषयमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
भारतका विदेशमन्त्री एस जयशङ्करले पनि बैठकमा सहभागी भई क्वाड विदेशमन्त्रीस्तरीय बैठक तथा द्विपक्षीय छलफलमा भाग लिनेछन्। त्यसपछि उहाँले नोभेम्बर १ देखि ४ सम्म एन्टिगुवा र बारबुडामा हुने राष्ट्रमण्डल सरकार प्रमुखहरूको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
एटलान्टाको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी जी–२० नेताहरूको शिखर सम्मेलनका लागि आर्थिक एजेन्डा तय गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। जी–२० मा १९ देश तथा युरोपेली सङ्घ (इयु) र अफ्रिकी सङ्घ सदस्य छन्। यसले विश्वको कुल गार्हस्थ उत्पादनको करिब ८५ प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशतभन्दा बढी र विश्व जनसङ्ख्याको दुई तिहाइ प्रतिनिधित्व गर्छ। यसको अध्यक्षता सदस्य राष्ट्रहरूले आलोपालो गर्दै आएका छन्।

सम्बन्धित खबर









