

ट्रम्पको दाबी– होर्मुजबाट सात महिनाअघिको भन्दा बढी तेल प्रवाह भइरहेको छ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध गर्ने आफ्नो निर्णयको पुन: बचाउ गरेका छन्। फ्लोरिडाको डेटोनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले युद्धको औचित्य पुष्टि गर्ने प्रयास गरेका हुन्। लामो भाषणका क्रममा ट्रम्पले पटक–पटक इरानको विषय उठाउँदै इरानको नौसेना र वायुसेना ध्वस्त पारिएको दाबी दोहोर्याए। उनले भने, ‘हामी इरानलाई कहिल्यै आणविक हतियार राख्न दिनेछैनौँ।’
ट्रम्पले अमेरिकाले युद्ध सुरु गरेको भन्ने आरोप पनि अस्वीकार गरे। उनले भने, ‘यो युद्ध उनीहरूले धेरै वर्षअघि सुरु गरेका हुन्।’ साथै, सन् १९७९ देखि नै इरानले अमेरिकाविरुद्ध युद्ध गर्दै आएको उनको दाबी थियो। ऊर्जाको मूल्य अत्यधिक बढेको भन्दै भइरहेको आलोचनालाई पनि उनले खारेज गरे। ट्रम्पले अहिले होर्मुज स्ट्रेटमार्फत सात महिनाअघिको भन्दा बढी तेल प्रवाह भइरहेको दाबी गरे। उनले आफ्ना डेमोक्र्याट पूर्ववर्ती राष्ट्रपतिहरूको कार्यकालको तुलनामा पेट्रोलको मूल्य निकै कम स्तरमा झरिरहेको पनि बताए।

सम्बन्धित खबर









