Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

कर्णाली प्रदेशसभा सचिव खड्काविरुद्ध जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

Advertisement800×200-1

सुर्खेत । कर्णाली प्रदेशसभाका सचिव डा. अर्जुनकुमार खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिसँग सम्बन्धित जग्गा सट्टापट्टा तथा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई प्रतिवादी बनाएको हो। आयोगले मंगलबार तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाल र खड्कासहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। खड्का उक्त प्रकरणका बेला कानुन तथा न्याय मन्त्रालयमा उपसचिव थिए।

सरकारी अधिकारीका रूपमा जग्गा सट्टापट्टा तथा बिक्री प्रक्रियामा संलग्न रहेको अभियोग उनीमाथि लगाइएको छ। उनी हाल कर्णाली प्रदेशसभा सचिवका रूपमा कार्यरत छन्। आयोगले उक्त समूहका प्रतिवादीविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। बिगो असुलउपर गर्नुका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद र जरिवानाको समेत माग गरिएको छ।

अख्तियारको अभियोजनपत्रअनुसार तत्कालीन विराटनगर उपमहानगरपालिका–३ स्थित कित्ता नम्बर ७१ र ४८ को कुल ४ बिघा ५ कठ्ठा ९ धुर १ कन्वा जग्गाले औद्योगिक प्रयोजनका लागि छुट सुविधा पाएको थियो। तर, उक्त जग्गा निर्धारित औद्योगिक प्रयोजनमा प्रयोग नगरी खाली राखिएको आयोगको दाबी छ। त्यसपछि उक्त जग्गालाई तत्कालीन बनगामा गाविसस्थित कम मूल्यको जग्गासँग सट्टापट्टा गर्ने र पछि बिक्री गर्ने निर्णय गरिएको अभियोजनपत्रमा उल्लेख छ। सोही प्रक्रियामा तत्कालीन राजनीतिक नेतृत्व तथा सरकारी अधिकारीहरूको संलग्नता रहेको दाबी गर्दै आयोगले मुद्दा अघि बढाएको हो। खड्कासहित प्रतिवादीहरूमाथि लगाइएका आरोपको अन्तिम निरूपण विशेष अदालतबाट हुन बाँकी छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर