Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

फेरिचे हेलिकप्टर दुर्घटना: एक जनाको मृत्यु, दुई क्याप्टेनसहित तीन घाइतेको अवस्था स्थिर

Advertisement800×200-1

सोलुखुम्बु। सोलुखुम्बुको फेरिचे हेलिप्याडमा मंगलबार बिहान डायनेस्टी र फिस्टेल एयरका दुई हेलिकप्टर ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई क्याप्टेनसहित तीन जना घाइते भएका छन्। दुर्घटनामा भारतीय नागरिक ४७ वर्षीय वसन्तकुमार बलारामाडुको मृत्यु भएको हो।

घाइते क्याप्टेनद्वय प्रज्ज्वल केसी र रवीन्द्र प्रजापति तथा भारतीय मूलका न्युजिल्यान्डका नागरिक शैलेश किसन पटेलको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाका अनुसार तीनै जनाको आकस्मिक कक्षमा उपचार जारी छ। उनीहरूको स्वास्थ्य अवस्था स्थिर र खतरामुक्त रहेको उनले जानकारी दिए।

घाइतेहरू बोल्न सक्ने अवस्थामा रहेको र सीटी स्क्यानलगायत परीक्षण गरिएको राणाले बताए। परीक्षणका रिपोर्ट भने आउन बाँकी रहेको उनको भनाइ छ। प्रारम्भिक विवरणमा दुई जना घाइते भएको बताइए पनि अस्पतालले दुई क्याप्टेनसहित तीन जनाको उपचार भइरहेको पुष्टि गरेको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीनराज बुढाथोकीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टरका पंखा ठोकिएर दुर्घटना भएको हो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर