Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मेलमिलाप विधेयक छिटो र सहज न्यायका लागि ल्याइएको : मन्त्री गौतम

Advertisement800×200-1

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो न्याय दिलाउने उद्देश्यले मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक ल्याइएको बताएकी छन्। मंगलबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गौतमले अदालतको लामो प्रक्रिया, जटिलता र खर्चको भार कम गर्न मेलमिलापको भूमिकालाई प्रभावकारी बनाउन खोजिएको बताइन्। विवादलाई छिटो, छरितो र सरल ढंगले समाधान गर्ने विषय विधेयकको प्राथमिकतामा रहेको उनको भनाइ थियो।

मेलमिलापमार्फत दुवै पक्षको सहमतिमा विवाद समाधान हुँदा सेवाग्राहीलाई छोटो समयमै न्याय प्राप्त गर्न सहज हुने विश्वास उनले व्यक्त गरिन्। मन्त्री गौतमका अनुसार विधेयकमा मेलमिलापकर्ता बन्न सामान्यतया स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। तर, त्यस्तो योग्यता भएको व्यक्ति उपलब्ध नभए कम्तीमा माध्यमिक तह वा सोसरहको शैक्षिक योग्यता भएका व्यक्तिले पनि मेलमिलापकर्ताका रूपमा काम गर्न सक्ने प्रावधान राखिएको छ। बैठकमा विधेयकमाथि परेका स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुतकर्ता सांसदहरूसँग छलफल गरिएको थियो। समिति सभापति समीक्षा बास्कोटाले बुधबार विधेयकबारे सरोकारवालासँग छलफल गरिने जानकारी दिइन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर