Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सरकारको कार्यशैलीप्रति महतको असन्तुष्टि, प्रेस स्वतन्त्रता सुनिश्चित गर्न आग्रह

Advertisement800×200-1

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। मंगलबार चुनदेवीस्थित पार्टीको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महतले सुशासनको प्रतिबद्धतासहित गठन भएको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। राज्यका विभिन्न संरचनामा अन्योल बढेको टिप्पणी गर्दै उनले प्रशासनतन्त्र र संवैधानिक निकाय सञ्चालनमा विधि तथा प्रक्रिया पालना गर्न आग्रह गरे।

महतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोपसमेत लगाए। सञ्चारकर्मीको अभिव्यक्ति र सूचना सम्प्रेषण गर्ने अधिकार सुनिश्चित गर्नु सरकारको जिम्मेवारी भएको उनको भनाइ थियो। बिना आधार पत्रकार तथा सञ्चारमाध्यममाथि धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने भन्दै उनले त्यस्ता कार्यप्रति आपत्ति जनाए। निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गर्दै महतले सुशासन, विधिको शासन र नागरिकका सरोकारलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर