Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एनभिडियाका संस्थापक जेन्सेन ह्वाङको राजीनामा पछि परिवारको प्रभाव बढ्दै

Advertisement800×200-1

१ मंसिर, काठमाडौं । विवाहेत्तर प्रेम सम्बन्ध र राष्ट्रिय सुरक्षा जोखिमसँग जोडिएका गम्भीर अनुसन्धानको घेरामा परेपछि चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ जेन्सेन ह्वाङले ३३ वर्ष लामो नेतृत्व त्याग्दै गत साता राजीनामा दिए। तर, जेन्सेन बाहिरिए पनि एनभिडियाभित्र उनका परिवारका सदस्य, विशेषगरी ३५ वर्षीया छोरी म्याडिसन ह्वाङको प्रभाव र आक्रामक कार्यशैली नयाँ नेतृत्वका लागि टाउको दुखाइको विषय बनेको छ। द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार जेन्सेन सीईओ रहँदा म्याडिसन कम्पनीभित्र यति शक्तिशाली थिइन् कि उनले आफ्ना हाकिम र वरिष्ठ कार्यकारीहरूलाई समेत खुलेआम हप्काउने गर्थिन्। बाबु र सञ्चालक समितिसम्म उनको सीधा पहुँच भएकाले कसैले पनि उनको विरोध गर्ने आँट गर्दैनथे।

एनभिडियामा ह्वाङकी छोरीको मात्र होइन, जेन्सेनका छोरा स्पेन्सर र ज्वाइँ निको क्याप्रेजको पनि उत्तिकै प्रभाव छ। उनीहरू पनि कम्पनीका महत्त्वपूर्ण पदमा कार्यरत छन्। ३५ वर्षीया म्याडिसन ह्वाङ सन् २०२० मा एनभिडियामा प्रवेश गरेकी हुन्। उनी अहिले फिजिकल एआईकी वरिष्ठ उत्पादन बजारीकरण निर्देशकका रूपमा कार्यरत छिन्। तर व्यवहारमा उनले आफ्ना पिता जेन्सेनको चिफ अफ स्टाफ कै भूमिका निर्वाह गर्दै आएकी थिइन्।

म्याडिसनले रोबोटिक्स कम्पनीमा लगानी र डेटा सेन्टरसम्बन्धी सम्झौताका विषयमा हालकी अन्तरिम सीईओ कोलेट क्रेससँग समेत विवाद गरेकी थिइन्। त्यस्तै, एनभिडियाका चिपलाई एआई तालिमका लागि सक्षम बनाउने सफ्टवेयर कुडाका निर्माता तथा उपाध्यक्ष इयान बकलाई पनि उनले सञ्चार टोलीकै अगाडि हप्काएकी थिइन्। जेन्सेन स्वयंले पनि कहिलेकाहीँ कर्मचारीहरूलाई ‘मेरी रिसाहा छोरीलाई पठाइदिन्छु, उनीसँग डराउनु’ भन्दै धम्क्याउने गरेको स्रोतहरूले बताएका छन्।

जेन्सेनको राजीनामापछि उनलाई पुनः पदमा फर्काउने सञ्चालक समितिको कुनै योजना नरहेको अवस्थामा अन्तरिम सीईओ कोलेट क्रेसका सामु म्याडिसन, स्पेन्सर र निकोको भविष्यबारे निर्णय लिने चुनौती खडा भएको छ। हार्वर्ड बिजनेस स्कुलका प्राध्यापक डेभिड योफीले कर्पोरेट क्षेत्रमा परिवारवाद विरलै सफल हुने टिप्पणी गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर