Skip to main content

१५ वर्षीया किशोर १६ दिनदेखि सम्पर्कविहीन

काठमाडौंको तारकेश्वर नगरपालिका-१० का १५ वर्षीय समिप खड्का साउन ८ गतेदेखि सम्पर्कविहीन छन्। परिवारका अनुसार उनी साउन ८ गते शुक्रबारको अपराह्न करिब ४ बजे घरबाट बाहिरिएका थिए। त्यसपछि अहिलेसम्म घर फर्किएका छैनन् र उनीसँग कुनै सम्पर्क पनि हुन सकेको छैन। परिवारका अनुसार समिप केही समयदेखि नियमित रूपमा घर आउने गएनन्। उनी घरमा कोही नभएको बेला दिउँसो आउने, आफूलाई मनपर्ने खाना खाइदिने र दिउँसो नै बाहिरिने गर्थे। साउन ७ गते बिहीबार पनि उनले घर आएका कुरा एक जना बहिनीले परिवारलाई जानकारी गराएकी थिइन्।

दीर्घकालसम्म घर नफर्किएपछि आमा-बाबु र परिवारका सदस्यहरू चिन्तित बनेका छन्। परिवारका अनुसार उनी साथीहरूसँग लुगा साटेर लगाउने भएकाले हराएको समयमा लगाएको पोशाकबारे यकिन जानकारी दिन कठिन बनेको छ। उपलब्ध गराइएको पछिल्लो जानकारीअनुसार उनी शुक्रबार रातो चेक शर्ट र खैरो ट्राउजर लगाएर घरबाट निस्किएका थिए। समिपको मोबाइल सम्पर्क तथा हालको अवस्थाबारे परिवारलाई कुनै जानकारी छैन। उनी कहाँ पुगेका हुन सक्छन् भन्ने कुरामा पनि परिवार अनभिज्ञ छन्।

समिपलाई देख्ने वा उनको अवस्थाबारे जानकारी पाउने व्यक्तिहरूले नजिकको प्रहरी कार्यालय वा परिवारलाई तुरुन्तै खबर गर्न परिवारले आग्रह गरेको छ। समिप खड्काबारे कुनै जानकारी भए परिवारसँग ९७०७७९५२८४ मा सम्पर्क गरी खोजी कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ।