Skip to main content

धनुषा र सिरहामा व्यापक जनधनको भारी क्षति

२५ साउन, जनकपुरधाम। सुनसरीको कप्तानगञ्जमा उत्पन्न धार्मिक विवादपछि मधेश प्रदेशमा देखिएको तनाव अहिले केही हदसम्म साम्य भएको छ। साउन १६ र १७ गते संयुक्त हिन्दु मोर्चासँग गृह मन्त्रालयका सुधन गुरुङले गरेको वार्तापछि विवाद तलमाथर हुँदै मधेशमा शान्ति स्थापनामा मद्दत पुगेको छ। तर गोली प्रहार कसरी भयो र त्यस क्रममा चार जना सर्वसाधारणको मृत्यु भएको विषय अझै खुलिएको छैन। घाइते भएका व्यक्तिहरूको उपचार प्रक्रिया जारी छ। आगजनी र तोडफोडबाट भएको आर्थिक र भौतिक क्षतिका विषयमा पनि ठूलो चासो देखिएको छ। पसल तथा घरहरूमा भएको क्षतिको क्षतिपूर्ति सम्बन्धी प्रश्‍नहरू उठिरहेका छन्। घटना पूरा विवरण सार्वजनिक नभएपनि मधेश प्रदेशका सिरहा र धनुषामा प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ। सबैभन्दा बढी नोक्सानी सिरहाको गोलबजारमा भएको छ। लहान, धनुषाको जनकपुरधाम र सबैलामा धार्मिक विवादका समयमा ठूलो मात्रामा जनधनमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

सिरहाको गोलबजारमा साउन १४ गते गोली लागेर १६ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। सिरहाको औरही गाउँपालिका–२ का यादव क्याम्पसमा अध्ययनरत थिए र क्याम्पसका गेटअगाडि घाँटीमा परेको गोलीबाट उनको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ। झडपको क्रममा मिथिला बिहारी नगरपालिका–का १९ वर्षीय सुवास ठाकुर घाइते भएका छन् र उनको उपचार चलिरहेको छ। त्यस्तै, धनुषामा ढुङ्गा लागेर जनकपुरधाम उपमहानगरपालिका–७ बसपार्कका आनन्द दास गम्भीर घाइते भएका थिए। उनी हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन्।

३८ सुरक्षाकर्मी घाइते भएका छन्, १४२ सेल अश्रुग्यासको प्रयोग गरिएको छ, र १५ राउण्ड होली फायर झडपका क्रममा प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट ३८ जना सुरक्षाकर्मी घाइते भएका थिए। सिरहामा दुईजना डिएसपीसहित १५ जना प्रहरी घाइते भएका थिए। धनुषामा २३ जना प्रहरी घाइते भएको र तिनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। मधेश प्रदेशका अन्य जिल्लाहरुमा समेत झडप नियन्त्रण गर्न प्रहरीले कुल १४२ सेल अश्रुग्यास र १५ राउण्ड हवाई फायर गरेको थियो।

सिरहाको गोलबजार क्षेत्रमा ठूलो संख्यामा घर, पसलमा आगजनी र तोडफोडबाट क्षति पुगेको छ। साबिर खानको नेहाल आइरन स्टोर्समा आगजनीले लगभग २५ करोड रुपैयाँ बराबरको नोक्सानी आएको छ। एबी मलमा भएको आगजनीका कारण करिब २२ करोड बराबरको सम्पूर्ण पूंजी नष्ट भएको पीडितहरुले बताएका छन्। गोलबजार नगरपालिका–८ को पुरानो चौक, चोहर्वास्थित असलम खानका न्यू असलम वस्त्रालय र आलिया इन्टरप्राइजेजमा आगजनीले ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

यसरी सिरहाको गोलबजार र लहानमा मात्रै करिब ४६ वटा घर र पसलमा आगजनी र तोडफोड भएको छ जसले करोडौँ रुपैयाँको जनधन ध्वस्त गरेको छ। धनुषामा पाँच वटा पसलमा तोडफोड भएको तथा सर्लाही र सप्तरीका एक-एक मस्जिद र मदरशामा समेत क्षति पुगेको छ। सिरहा र धनुषामा १७ सवारीसाधनमा क्षति भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ। ७१ जना पक्राउ परेका छन्।