Skip to main content

स्पोटिफाइले गीत र पोडकास्टमा मनका कुरा सम्झिन ‘प्लेलिस्ट नोट’ सुविधा सार्वजनिक गर्‍यो

स्पोटिफाइले गीत, पोडकास्ट र अडियोबुकहरूलाई अझ अर्थपूर्ण बनाउन ‘प्लेलिस्ट नोट’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ। यस सुविधाले प्रयोगकर्ताहरूलाई सिर्जना वा सहकार्य गरेर बनाएका प्लेलिस्टहरूमा नोट थप्न दिन्छ जसले पुराना सम्झना, सिफारिस र कारणहरू लेख्न सक्ने अवसर प्रदान गर्दछ। यो सुविधा हाल अमेरिकाअ, क्यानडा, बेलायत, आयरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डका १६ वर्षमुनिका प्रयोगकर्ताहरूका लागि उपलब्ध भएको छ।

नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई आफ्ना प्लेलिस्टहरूमा भएका विभिन्न सांगीतिक र अडियो सामग्रीहरू बारे लेख्न सक्षम पार्नेछ। स्पोटिफाइ विश्वस्त छ कि यसले श्रोताबीच सांगीतिक अनुभवको आदानप्रदानलाई प्रोत्साहन गर्ने र प्लेलिस्टलाई अझ व्यक्तिगत बनाउन सहयोग गर्नेछ। यसैसँगै ‘सम्पादक नोट’ र ‘सम्पादक प्रोफाइल’ नामक सुविधा पनि थपिएको छ जसले सम्पादकहरूले छानेका गीतहरूको चयनको कारण खुलाउन मद्दत गर्नेछ।

पाठकहरूले प्लेलिस्टको शीर्ष भागमा रहेको नोट अप्सनमा क्लिक गरेर सम्पादकीय टिप्पणीहरू पढ्न सक्नेछन्। यसका लागि प्रयोगकर्ताले आफ्नो प्लेलिस्ट खोलेर कुनै गीत, पोडकास्ट एपिसोड वा अडियोबुक छेउको मेनु बटनमा थिचेर ‘एड नोट’ चयन गर्नुपर्ने हुन्छ। त्यसपछि सम्बन्धित सामग्रीको दायाँ तल नोट देखिनेछ र अन्य प्रयोगकर्ताले पनि त्यसलाई पढ्न सक्नेछन्।

सम्पादक नोट र सम्पादक प्रोफाइल सुविधा हाल अमेरिक, क्यानडा, बेलायत, आयरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डका १६ वर्ष वा माथिका निःशुल्क र प्रिमियम दुवै प्रकारका प्रयोगकर्ताहरूलाई उपलब्ध गराइएको छ। प्लेलिस्ट नोट्स सुविधा एन्ड्रोइड र आईओएस दुवैमा प्रयोग गर्न सकिन्छ। स्पोटिफाइका विश्वव्यापी ३० करोडभन्दा बढी सब्सक्राइबर र ७७ करोड ७० लाखभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको पनि जानकारी दिइएको छ।