Skip to main content

थाई क्याटफिश : भारतमा प्रतिबन्धित माछा नष्ट गरियो

भारतको नागपुरमा प्रतिबन्धित ‘थाई क्याटफिश’ नष्ट गरिएको छ। यी माछालाई बजारमा पुग्नबाट रोक्न ११ वटा तालहरूमा छापा मारेको थियो। भारतमा यस प्रजातिको माछा पालन, प्रजनन र बिक्री प्रतिबन्धित छ।

अधिकारीहरूले ३६ टनभन्दा बढी माछा नष्ट गर्दा ब्लीचिङ पाउडर प्रयोग गरी वैज्ञानिक विधि अपनाइएको बताएका छन्। मानव उपभोगका लागि यो माछा असुरक्षित हुन सक्ने ठानिन्छ।