
मलेसियाको वायुमास ओभलमा शुक्रबार आयोजना हुने एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई उपाधि तथा एसिया कपको टिकटका लागि प्रतिस्पर्धा गर्दै छन्। मौसम पूर्वानुमानअनुसार खेल दिन बिहानदेखि हल्का वर्षा र दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना छ जसले फाइनलमा अवरोध पुर्याउन सक्छ। एसीसीको नियम अनुसार फाइनलको लागि रिजर्व डे नहुँदा खेल रोकिए वा पूरा हुन नसकेमा समूह चरणको प्रदर्शनका आधारमा यूएई विजेता घोषणा गरिनेछ। यूएई समूह ‘बी’ मा चारै खेल जितेर अपराजित फाइनल पुग्दा नेपाल समूह ‘ए’ मा चार जित र एक हारसहित फाइनलमा पुगेको छ।
नेपाल र यूएईबीचको खेल स्थानीय समयअनुसार विहान ९:३० बजेदेखि सुरु हुनेछ। शुरूको समयमा मौसम सामान्य देखिए पनि ११ बजेदेखि वर्षा सुरु हुने सम्भावना छ। मौसम पूर्वानुमानका अनुसार खेल हुने दिन बिहानैदेखि हल्का वर्षा र दिनभरि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। तापक्रम २५ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ भने दिउँसो वर्षाको जोखिम उच्च रहने देखिएको छ।
एसीसीको नियम अनुसार फाइनलका लागि कुनै रिजर्भ डे व्यवस्था गरिएको छैन। त्यसैले वर्षाका कारण खेल सुरु नहुँदा वा पूर्ण समाप्त नभएमा समूह चरणको प्रदर्शनका आधारमा यूएईलाई विजेता घोषणा गरिनेछ। यूएईले समूह ‘बी’ मा सबै चार खेल जितेर अपराजित शीर्ष स्थानमा रहेर सेमिफाइनलबाट फाइनलमा प्रवेश गरेको हो। नेपालले समूह ‘ए’ मा चार जित र एक हार हासिल गरेको थियो। नेपालले पहिलो संस्करणको प्रिमियर कपमा यूएईलाई सिधै पराजित गरी उपाधि जित्दै एसिया कपको स्थान पाएको थियो। यसपटक पनि इतिहास दोहोर्याउने लक्ष्य राख्दैछ भने मौसमले साथ दिनु अनिवार्य छ।





