
सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले नेपाललाई उपाधि जिताउन ६ खेलमा १७ विकेट लिए। नेपालले शनिबार फाइनलमा यूएईलाई पराजित गर्दै प्रिमियर कप जितेको छ। २७ भदौ, काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ का उत्कृष्ट खेलाडी घोषित भएका छन्। बलिङमा निर्णायक भूमिका निर्वाह गर्दै सन्दीपले प्रतियोगितामा ६ खेलमा कुल १७ विकेट लिए। उनले यो पुरस्कार नेपालमा आएको बाढीबाट प्रभावितहरूलाई समर्पित गरेका छन्। पहिलो खेलमा बहराइनविरुद्ध ५ विकेट लिएका सन्दीपले मलेसियाविरुद्ध १, साउदी अरेबियाविरुद्ध ३, हङकङविरुद्ध ४, सेमिफाइनलमा ओमानविरुद्ध ३ तथा फाइनलमा १ विकेट लिए। नेपालले शनिबार सम्पन्न फाइनलमा युएईलाई हराउँदै प्रिमियर कपको उपाधि हात पारेको छ।






