Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बाढी पीडितलाई सहयोग गर्न काठमाडौं शिक्षालयले साइकल र्याली गर्ने

Advertisement800×200-1

संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय, ललितपुरले महालक्ष्मी नगरपालिकासँग सहकार्य गरी बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले २५ किलोमिटर साइकल र्याली आयोजना गर्दैछ। र्याली असोज ३ गते बिहान ७ बजेदेखि १० बजेसम्म इमाडोलबाट सुरु हुनेछ र करिब २०० जना सहभागी हुने अपेक्षा गरिएको छ। विद्यालयका अध्यक्ष प्रकाशराज पाण्डेले र्यालीको मुख्य उद्देश्य बाढीपीडित परिवारलाई सहयोग जुटाउनु र विद्यार्थी तथा युवामा सामाजिक उत्तरदायित्वको भावना जगाउनु रहेको जानकारी दिए।

र्यालीको सुरु इमाडोल, महालक्ष्मी–४ स्थित काठमाडौं शिक्षालयबाट हुनेछ र पुनः विद्यालयमै समाप्त हुनेछ। कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ प्रमुख अतिथि रूपमा सहभागी हुनेछन्। विद्यालय अध्यक्ष तथा पर्वतारोही प्रकाशराज पाण्डेका अनुसार हालै आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग जुटाउनु र विद्यार्थी तथा युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु र्यालीको मुख्य उद्देश्य हो।

र्यालीमा काठमाडौं शिक्षालयका विद्यार्थी, अभिभावक, शिक्षकहरू साथै आसपासका अन्य विद्यालयका विद्यार्थी र शिक्षकहरू र साइकलप्रेमीहरूले पनि सहभागिता जनाउनेछन्। आयोजकका अनुसार करिब २०० जना सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागीहरूको उमेरअनुसार दूरी तोकिएको छ। १० वर्षमुनिका सहभागीहरूले १० किलोमिटर, १५ वर्षसम्मका सहभागीहरूले १५ किलोमिटर र खुला तथा व्यवसायिक समूहले पूर्ण २५ किलोमिटर दूरी तय गर्नेछन्। र्यालीको मार्गले महालक्ष्मी नगरपालिकाका १ देखि १० वटै वडा समेट्ने भएको जनाइएको छ।

आयोजकहरूले स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य संस्था, विद्यालय र समुदायसँग अभियान सफल बनाउन आवश्यक सहयोग र सहकार्यको अपील गरेका छन्। विद्यालयले “साइकल चलाऔँ, सहयोग जुटाऔँ, बाढीपीडित परिवारलाई साथ दिऔँ” भन्ने सन्देश सहित यस कार्यक्रमलाई केवल खेलकुद गतिविधि नभई मानवीय सहयोग अभियानको रूपमा अगाडि बढाएको जनाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर