Skip to main content

अमेरिकामा रिपोर्टिङका लागि गएको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु

बस दुर्घटनाबारे रिपोर्टिङ गर्न गएको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मङ्गलबार साँझ लस एन्जलसको बाहिरी क्षेत्रमा दुई व्यावसायिक भवनहरूको बीचमा यो दुर्घटना भएको थियो। दुर्घटनापछि नजिकैका सवारी साधान र मालवाहक कन्टेनरहरूमा आगो लागेको थियो।

उक्त हेलिकप्टर आफ्नो रहेको र घातक बस दुर्घटनाबारे रिपोर्टिङ गर्न प्रयोग गरिएको ‘एनबीसी लस एन्जलस’ले जनाएको छ।