
पोल्यान्डको वार्सोमा रहेको पोल्यान्ड सेन्ट्रल भूमिगत रेल स्टेशनमा एउटा मृग प्रवेश गरेपछि केही समयका लागि रेलसेवा अवरुद्ध भएको छ। उक्त घटना आइतवार साँझ भएको थियो। ‘मूस’ प्रजातिको मृगका कारण सेवामा एक घण्टाभन्दा बढी समयका लागि बाधा परेको थियो। पशुलाई बेहोस गराएर पुनः जङ्गलमा मुक्त गरिएको छ।
पोल्यान्डका सहरहरूमा बँदेलसहित अन्य वन्यजन्तुहरूको आवतजावत बढ्दो क्रममा रहेको जानकारी पनि दिइएको छ। यस्ता घटनाहरू न्यूज च्यानलहरूमा पनि प्रसारित गरिन्छ।






