
नेपाल फिफा यू–१५ विश्वकप तथा फेस्टिभल अजरबैजान २०२६ को समूह ‘डी’ मा परेको छ। बिहीबार सार्वजनिक गरिएको समूह विभाजनअनुसार नेपालले ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसिया सँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘डी’ मा सबैभन्दा बलियो टोलीका रूपमा ब्राजिल रहेको छ भने अफ्रिका, उत्तर अमेरिका र एसियाबाहिरका विभिन्न महादेशका टोलीसँग नेपालले खेल्न पाउने अवसर प्राप्त गरेको छ। अजरबैजानमा आयोजना हुन लागेको प्रतियोगितामा विश्वभरका टोलीहरूलाई विभिन्न समूहमा विभाजन गरिएको छ। समूह ‘डी’ मा नेपालसहित रहेका ६ टोलीबीच समूह चरणका खेलहरू आयोजना हुनेछन्। समूह ‘डी’ का टोलीहरू: ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ, ट्युनिसिया र नेपाल।






