Skip to main content

युकी आङ्देम्बेले जेसीके फाइट नाइटमा चिनियाँ प्रतिस्पर्धीलाई हराए

नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णयमा पराजित गरेका छन्। शान्सी प्रान्तको लुलियाङमा १३५ पाउन्ड ब्यान्टमवेट तौल वर्गमा प्रतिस्पर्धा गरेका आङ्देम्बेले तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै जित हात पारेका छन्। यस जितसँगै आङ्देम्बेको लगातार तेस्रो सफलता दर्ता भएको छ। ३ असोज, काठमाडौं।

चीनमा जारी जेसीके फाइट नाइट १२३ मा आङ्देम्बेले सर्वसम्मत निर्णय (युनानिमस डिसिजन) अन्तर्गत बुहुओगुबुलाई पराजित गरेका हुन्। प्रतियोगिताको मेन कार्ड अन्तरगत १३५ पाउन्ड (ब्यान्टमवेट) तौल वर्गमा लडेका आङ्देम्बेले निर्णायकहरूले दिएका सर्वसम्मत मतबाट जीत सुनिश्चित गरे। यो जितसँगै आङ्देम्बेको पछिल्लो करियरमा लगातार तेस्रो विजयी दर्ता भएको छ।

आङ्देम्बे आफ्नो पछिल्ला लडाइँहरूमा उत्कृष्ट प्रदर्शन गर्दै व्यावसायिक करियरलाई अझ सुदृढ गर्दैछन्। उनी सोमा फाइट क्लबबाट प्रशिक्षण लिइरहेका छन् र हाल यूएफसी दाबेदार नेपाली फाइटरहरूमा एक समावेश छन्। आङ्देम्बे र रोड टु यूएफसीमा प्रतिस्पर्धा गरिरहेका अर्का नेपाली फाइटर रवीन्द्र ढाँटसँगै प्रशिक्षण गर्दैछन्।