
जापनमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कराते कुमिते ६८ केजी माथिको प्रतिस्पर्धामा नेपालका मिनबहादुर तामाङले हङकङका चाउ का हिमलाई ४–१ को फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे। उनले तोयोहाशी जिम्नेसियममा सम्पन्न राउन्ड अफ १६ मा विजय हासिल गरेका हुन्। अब मिनबहादुर क्वार्टरफाइनलमा ताजकिस्तानका मोहम्मद मिर्जोजोडासँग प्रतिस्पर्धा गर्नेछन्।






