Skip to main content

बसुन्धरा किङ्सका लागि अन्जन विष्टको पहिलो गोल

अन्जन विष्टले आरामबाग क्रीडा सङ्घविरुद्ध ३२औं मिनेटमा पेनाल्टीमार्फत बसुन्धरा किङ्सका लागि पहिलो आधिकारिक गोल गरेका छन्। विष्टको गोलपछि बसुन्धरा किङ्सले अग्रता हात पारेको थियो, तर थपिएको ९०+८औं मिनेटमा गोल खाएर खेल १–१ को बराबरीमा सकिएको छ।

विष्टले सामाजिक सञ्जालमा ‘यो ब्याज, यो टोली र हामीलाई साथ दिने हरेक समर्थकका लागि पहिलो गोल’ भन्दै थप गोल र अविस्मरणीय क्षणहरू आउने अपेक्षा व्यक्त गरेका छन्। ४ असोज, काठमाडौं। नेपाली राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले बंगलादेश प्रिमियर लिगमा बसुन्धरा किङ्सका लागि आफ्नो पहिलो गोल गर्न सफल भएका छन्।

आरामबाग क्रीडा सङ्घसँगको खेलमा विष्टले ३२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बसुन्धरालाई अग्रता दिलाएका थिए। तर निर्धारित समयपछि थपिएको ९०+८औं मिनेटमा गोल खाएपछि बसुन्धरा टोली १–१ को बराबरीमा रोकियो। यो विष्टको बसुन्धरा किङ्सका लागि पहिलो आधिकारिक गोल हो। उनले खेलपछि सामाजिक सञ्जालमा ‘यो ब्याज, यो टोली र हामीलाई साथ दिने हरेक समर्थकका लागि पहिलो गोल’ भन्दै आगामी दिनमा थप गोल र अविस्मरणीय क्षणहरू आउने बताएका छन्।

बसुन्धरा किङ्स बंगलादेश फुटबलको सबैभन्दा सफल क्लबहरूमध्ये एक हो। यस क्लबले ६ पटक बंगलादेश प्रिमियर लिगको उपाधि जित्दै घरेलु फुटबलमा आफ्नो वर्चस्व कायम राख्दै आएको छ।