Skip to main content

प्राकृतिक विपत्तिपछि मानसिक स्वास्थ्यमा पर्ने प्रभाव र सहयोगका उपायहरू

प्राकृतिक विपत्तिपछि मानिसहरूको मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पर्दछ र कसरी उनीहरूसँग सहयोग गर्न सकिन्छ? ठूलो प्राकृतिक प्रकोप वा अन्य विपत्तिपछि मानिसहरूको मानसिक स्वास्थ्यमा सिधा वा अप्रत्यक्ष असर पर्न सक्छ। यस्ता प्रभावित व्यक्तिहरूमा डर, तनाव, निद्रामा समस्या, चिन्ता र निराशा जस्ता विभिन्न मानसिक चुनौतीहरू देखा पर्न सक्छन्। मनोचिकित्सा विशेषज्ञहरूले यी अवस्थाहरूका बारेमा जानकारी दिए।

यी अवस्थामा मानसिक स्वास्थ्यको अवस्था कसरी पहिचान गर्ने, तत्काल सहयोग कसरी प्रदान गर्ने र परिवार तथा समुदायले कसरी साथ दिन सक्छन् भन्ने विषयमा बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम ‘बीबीसी हातेमालो’का लागि प्रतीक्षा खनालले मनोचिकित्सक सहप्राध्यापक डा. निना राईसँग संवाद गरेकी छन्।