Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला विजयी

Advertisement800×200-1

ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। लुलाले दोस्रो चरणको निर्वाचनमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई ५१.८ प्रतिशत मतसहित पराजित गरेका छन्। सन् २०२७ देखि २०३० सम्म लुलाले ब्राजिलको नेतृत्व गर्नेछन्। ९ कात्तिक, काठमाडौं।

पहिलो चरणमा पछि परेका ८० वर्षीय लुलाले दोस्रो चरणको निर्वाचनमा बोल्सोनारोलाई पराजित गरेका हुन्। बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार लुलाले ५१.८ प्रतिशत र बोल्सोनारोले ४८.२ प्रतिशत सदर मत प्राप्त गरेका छन्। यससँगै सन् २०२७ देखि २०३० सम्म लुलाले ब्राजिलको नेतृत्व गर्नेछन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सन् १९८९ मा प्रजातान्त्रिक निर्वाचन पुनः सुरु भएदेखि २०२२ सम्म ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पहिलो चरणमा अग्रता लिने उम्मेदवार नै दोस्रो चरणमा पनि विजयी हुने गरेका थिए। सन् २०२६ मा लुलाको जितसँगै त्यो क्रम पहिलोपटक टुटेको छ। लुलाको विजयसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आएको ल्याटिन अमेरिकी राजनीतिमा दक्षिणपन्थी प्रभाव विस्तारको प्रयासलाई धक्का लागेको छ।

नयाँ कार्यकालमा लुलाले संसदमा बोल्सोनारोको लिबरल पार्टीको बलियो उपस्थितिसँगै सार्वजनिक ऋण नियन्त्रण र आर्थिक स्थायित्व कायम गर्ने चुनौती सामना गर्नुपर्ने अनुमान छ। निर्वाचन परिणाम सार्वजनिक हुने क्रममा साओ पाउलोको पाउलिस्टा एभिन्युमा आइतबार साँझ सयौँ लुला समर्थक भेला भएका थिए। उनीहरूले राष्ट्रपतिको तस्बिर अंकित रातो झन्डा बोकेर मतगणना हेरेका थिए। लुलाको विजयप्रति उत्साहित समर्थकहरूले निर्वाचनलाई ‘लोकतन्त्रको जित’का रूपमा व्याख्या गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर