संखुवासभामा १२ वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

संखुवासभाको चैनपुरमा १२ वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवकलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले आइतबार उक्त युवकलाई पक्राउ गरेको हो। पक्राउ परेका युवकमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ गरिएको युवक चैनपुर नगरपालिका–७ का निवासी हुन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले जानकारी गराउँदै भने, “पीडित पक्षको उजुरीको आधारमा प्रहरीले आइतबार उक्त युवकलाई पक्राउ गरेको हो।” प्रहरीले पक्राउ परेका युवकलाई मंगलबार सार्वजनिक गरेको छ।
घटनासम्बन्धी अनुसन्धान जारी रहेको र स्थानीय स्रोतका अनुसार पीडित बालिकाको परिवारलाई मुद्दा फिर्ता लिन धम्की दिइएको बताइएको छ।






