Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

लुम्बिनीमा सरकारी कामकाजको भाषा विधेयक मंसिरमा पेस गरिने, फागुनभित्र पारित गर्ने लक्ष्य

Advertisement800×200-1

काठमाडौं, १२ कात्तिक । लुम्बिनी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढाइएको छ। प्रदेशसभाका सभामुख तुलाराम घर्तीले आगामी हिउँदे अधिवेशनमा सरकारी कामकाजको भाषासम्बन्धी विधेयक पेस गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। बिहीबार आयोजित सरकारी कामकाजको भाषासम्बन्धी कार्यशाला गोष्ठीमा उनले विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको बताए। उनका अनुसार मस्यौदालाई अन्तिम रूप दिन बागमती र गण्डकी प्रदेशलगायतका अनुभव तथा सुझाव संकलन भइरहेको छ。

सभामुख घर्तीले आगामी मंसिरदेखि सुरु हुने हिउँदे अधिवेशनमा सरकारले विधेयक पेस गर्ने तयारी गरेको बताए। विधेयक प्रदेशसभामा पेस भएपछि सरोकारवालासँग छलफल गरी आवश्यक परिमार्जनका लागि विषयगत समितिमा पठाइनेछ। उनले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार सबै पक्षको भावना समेटेर विधेयक अघि बढाइने बताए। सरकारले मंसिरमा विधेयक पेस गरेपछि फागुनसम्म पारित गर्ने लक्ष्य राखिएको सभामुख घर्तीको भनाइ छ। सरकारी कामकाजको भाषासम्बन्धी कानुन निर्माण गर्दा विभिन्न प्रदेशका अनुभव र सम्बन्धित सरोकारवालाको सुझावलाई प्राथमिकता दिइने उनले बताए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर