

काठमाडौं । सामाजिक विकास समाज, अनामनगरले कानुनी क्षेत्रमा योगदान पुर्याएका १७ जना कानुनविद्लाई सम्मान गरेको छ। दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आठ वरिष्ठ अधिवक्ता र नौ अधिवक्तालाई सम्मान गरिएको हो। सम्मानित वरिष्ठ अधिवक्ताहरूमा कृष्णप्रसाद भण्डारी, विश्वकान्त मैनाली, हरिहर दाहाल, सतीशकृष्ण खरेल, बोर्णबहादुर कार्की, तुलसी भट्ट, मातृकाप्रसाद निरौला र हरिश्चन्द्र सुवेदी रहेका छन्। त्यस्तै, अधिवक्ताहरू प्राडा. लक्ष्मीप्रसाद मैनाली, शंकर सुवेदी, विमल सुवेदी, हरि फुयाल, केदारप्रसाद दाहाल, बाबुराम दाहाल, सतीशकुमार झा, गुरुभक्त निरौला र रक्ष रैका मगर पनि सम्मानित भएका छन्।
समाजका अध्यक्ष ओम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व पर्यटन तथा संस्कृति मन्त्री दीपेन्द्र श्रेष्ठ प्रमुख अतिथि थिए। श्रेष्ठ, उप्रेती, माननीय शान्ता ढकाल, पूर्वसचिव माधव रेग्मी र पूर्वन्यायाधीश युवराज सुवेदीलगायतले कानुनविद्हरूलाई सम्मान गरेका थिए। कार्यक्रममा श्रेष्ठ, उप्रेती, वरिष्ठ इतिहासविद् प्राडा. सुरेन्द्र केसी, रेग्मी र सुवेदीले शुभकामना व्यक्त गरे। सम्मानित कानुनविद्हरूका तर्फबाट अधिवक्ता शंकर सुवेदीले आभार व्यक्त गरे। समाजका उपाध्यक्ष गोपालकृष्ण गडत्तौलाले स्वागत मन्तव्य राखेका थिए भने महासचिव रक्ष रैका मगरले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा समाजका पदाधिकारी, सल्लाहकार, सदस्य, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए।

सम्बन्धित खबर











